आज देशका अधिकांस स्थानमा मेघगर्जनसहित पानी पर्ने

  • प्रकाशित मिति: बुधबार, जेष्ठ ७ २०७७
  • तामाकोशी

काठमाडौं । जेठ ७ गते,
बुधबार देशका अधिकांस स्थानमा मेघगर्जनसहित पानी पर्ने मौसमविदहरुले बताएका छन् । अंपुन चक्रवातको प्रभावले पुर्वी र मध्य क्षेत्रका सबैजसो ठाउँ र पश्चिमका केहि ठाउँमा मेघगर्जन र चट्याङ तथा बर्षाको सम्भावना रहेको मौसमविद शान्ति कँडेलले बताए । बुधबार दिउँसोपख चक्रवातले नेपाली जमिन छुने र त्यसपछि मेघगर्जन , बर्ष तथा हिमाली क्षेत्रमा हिमपात हुने उनको भनाई छ । बेलुकीपख चक्रवातको प्रभाव बढि पर्ने र रातिबाट प्रभाव कम हँुदै बिहिबार दिउँसोबाट मौसममा सुधार आउँन थाल्ने मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।