दोलखाको सुङगुरेमा चट्याङ लागेर एक महिलाको मृत्यु

  • प्रकाशित मिति: बुधबार, बैशाख २४ २०७७
  • तामाकोशी

रामेछाप । वैशाख २४ गते,
दोलखाको मेलुङ गाउँपालिका वडा नं ५ डाँडाखर्क सुङगुरेमा चट्याङ लागेर एकजना महिलाको मृत्यु भएको छ भने अर्का एकजना पुरुष घाइते भएका छन् । बुधबार साँझ ५ बजे एक्कासी परेको चट्याङमा परी रामेछाप जिल्लाको दोरम्बा गाउँपालिका वडा नं १ सुर्के घर भएकी अन्दाजी ५० बर्षकी सीता श्रेष्ठको घटना स्थलमै मृत्यु भएको डाँडाखर्कका स्थानीय योगेश श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार चट्याङमा परी मेलुङ गाउँपालिका वडा नं ५ पाँखेका अन्दाजी ५० बर्षका मोते बहादुर श्रेष्ठ सामान्य घाइते भएका छन् । घाइते श्रेष्ठको डाँडाखर्क स्थित डाँडाखर्क स्वास्थ्य चौकीमा उपचार भैरहको छ । मृतक महिला मेलुङ गाउँपालिका वडा नं ५ पाँखे माइत आई किनमेलका लागि डाँडाखर्क आएको र फर्कने क्रममा चट्याङमा परेको डाँडाँखर्कका स्थानीय श्रेष्ठले जानकारी दिए ।