लकडाउनलाई थप कडाई गरिने

  • प्रकाशित मिति: सोमबार, बैशाख १५ २०७७
  • तामाकोशी

रामेछाप । वैशाख १५ गते,
जिल्ला प्रशासन कार्यालय रामेछापले सरकारले पछिल्लो समय थप गरेको लकडाउनलाई थप कडाइ गर्ने भएको छ । सोमबार प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले एक सूचना प्रकाशन गरी गृह मन्त्रालयको निर्देशन अनुसार जिल्लामा लकडाउनलाई थप कडाई पारीने जनाएकी हुन् । पमुख जिल्ला अधिकारी शर्माद्धारा प्रकाशित सूचनामा जिल्ला प्रशासनबाट जारी सवारी पास विना अत्यावश्यक सेवा बाहेकका कुनैपनि प्रकारका दुई पाङग्रे , चार पाङग्रे साना तथा ठुला सवारी साधनहरुको आवागमनमा मंगलबार बिहानदेखी अर्काे व्यवस्था नभएसम्मलाई पुर्ण रुपमा रोक लगाइएको व्यहोरा जानकारी गराइन्छ भनिएको छ । बीच बाटोमा पुगेका र बिचल्लीमा परेका मजदुर र नागरिकको उद्धार भइसकेको भन्दै कडाइ गर्न गृह मन्त्रालयले निर्देशन दिएको हो । मन्त्रालयले सोमबारदेखि पास नभएका सबै प्रकारका गाडी सञ्चालनमा रोक लगाएको व्यहोरा जानकारी गराइन्छ भनिएको छ। गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई सोमबार परिपत्र गर्दै पास नभएका कुनै पनि गाडी आवत जावतमा रोक लगाउन निर्देशन दिएको थियो । बीच बाटोमा पुगेका र बिचल्लीमा परेका मजदुर र नागरिकको उद्धार भइसकेको भन्दै कडाइ गर्न गृह मन्त्रालयले निर्देशन दिएको हो ।