रामेछापका ४० जना पत्रकारलाई प्रेस ज्याकेट र माक्स प्रदान

  • प्रकाशित मिति: आइतबार, बैशाख १४ २०७७
  • तामाकोशी

रामेछाप । वैशाख १४ गते,
महिला पत्रकारहरुको संगठन क्रियाशिल महिला पत्रकार ( डब्लुडब्लुजे) जिल्ला शाखा रामेछापले विश्वमा फैलिरहेको नोवेल कोरोना भाइरस महामारीलाई मध्यनजर गरी जिल्लामा रहेर कामगर्ने पत्रकारहरुलाई माक्स सहित प्रेस ज्याकेट प्रदान गरेको छ । शाखाले शनिबार नेपाल पत्रकार महासंघ रामेछाप मार्फत जिल्लाका ४० जना पत्रकारलाई एक–एक थान प्रेस ज्याकेट र माक्स उपलब्ध नेपाल पत्रकार महासंघ जिल्ला शाखा रामेछापका अध्यक्ष रमेश ढुंगेलले जानकारी दिए । पत्रकारहरु समाचार संकलनमा जादा विभिन्न समस्या झेल्नु पर्ने भएकाले उनीहरुका सहजताका लागि उक्त सामाग्री उपलब्ध गराईएको क्रियाशिल महिला पत्रकार जिल्ला शाखा रामेछापकी अध्यक्ष ज्ञानु श्रेष्ठले बताइन् । उनका अनुसार वाइबा तथा लामा कन्स्ट्रक्सन प्रालि रामेछापको आर्थिक सहयोगमा उक्त सामाग्री उपलब्ध गराईएको हो ।