काठमाण्डौ । चैत २५ गते,
मङ्गलबार देशभरिकै मौसम सामान्यतया सफा रहने मौसमविद्ले बताएका छन् । तर पहाडी क्षेत्रको केही ठाउँमा भने दिउँसोपछि बदली भइ चट्याङ सहित पानी पर्ने सम्भावना रहेको मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिनुभयो । उहाँका अनुसार पश्चिमी वायु नेपाल प्रवेश गर्ने देखिएकाले मङ्गलबार राति भने पश्चिमी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली हुनेछ । अन्य ठाउँको मौसम पनि एकछिन खुल्दै बादल लाग्नेछ । तर बुधबारदेखि एकरदुई दिनको मौसम पूर्णरुपमा खुल्ने छैन । बुधबार पश्चिमको केही ठाउँमा चट्याङ र हुरीबतास सहित पानी पर्ने सम्भावना रहेको मौसमविद् नगरकोटीले जानकारी दिनुभयो ।
पहाडी क्षेत्रका केही ठाउँमा चट्याङ सहित पानी पर्ने सम्भावना
- प्रकाशित मिति: मंगलबार, चैत्र २५ २०७६
- तामाकोशी