रामेछाप । चैत १३ गते,
विश्वभरि फैलिएको संक्रामक रोग करोना भाइरस नियन्त्रणको लागि रामेछापमा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको तेस्रो दिन विहिबार पनि मन्थली बजार बिहानैदेखी पूर्णरुपमा बन्द छ ।
विहानैदेखी सवारी सञ्चालन तथा सर्वसाधारणको आवागमनमा प्रहरीले कडाई गरेपछि मन्थली बजार सुनसान भएको छ । बजारमा अत्यावश्यक कामले निस्किएका फाट्ट फुट्ट मानिसहरु बाहेक कोही देखिएका छैनन् । औषधि पसल बाहेक मन्थलीका सबै होटल तथा पसलहरु प्राय बन्द रहेका छन् । सर्वसाधारणहरु घरभित्रै बसि रहेका छन् ।सडकमा फाट्ट फुट्ट हिडेका मानिसहरुलाई समेत बिहानैदेखी सुरक्षाकर्मीहरुले सोधखोज गरी लकडाउनको समयमा घरमै बस्न आग्रह गरीरहेका छन् ।
लकडाउनको तेस्रो दिन मन्थली बिहानैदेखी पूर्णरुपमा बन्द
- प्रकाशित मिति: बिहिबार, चैत्र १३ २०७६
- तामाकोशी