रामेछाप । चैत १२ गते,
विश्वभरि फैलिएको संक्रामक रोग करोना भाइरस नियन्त्रणको लागि रामेछापमा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको दोस्रो दिन बुधबार मन्थली बजार पूर्णरुपमा बन्द भएको छ ।
विहान सवारी सञ्चालन तथा सर्वसाधारणको आवागमनमा प्रहरीले कडाई गरेपछि मन्थली बजार सुनसान भएको छ । बजारमा अत्यावश्यक कामले निस्किएका फाट्ट फुट्ट मानिसहरु बाहेक कोही देखिएका छैनन् । औषधि पसल बाहेक मन्थलीका सबै होटल तथा पसलहरु प्राय बन्द रहेका छन् । सर्वसाधारणहरु घरभित्रै बसि रहेका छन् । निषेधाज्ञाको कारण लिखुतामाकोसीको धोवीमा लाग्ने बुधबारको हाट पनि लागेन । बुधबारको हाटमा मानिसहरु जम्मा हुन लागेपछि प्रहरीले स्थानीयहरुलाई फर्काएर हाट लाग्न रोक लगाएको थियो । रामेछाप जिल्ला भरि हाट बजार, मेला, मानिसहरु जमघट भएर गर्ने पाठ, पूजा, बैठक तथा सभा समारोह समेत रोक्ने स्थानीय प्रशासनले निर्णय गरेको छ । यसै बिच कोभिड १९ को आशंका भएका विरामीहरुको उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुलाई आवश्यक सुरक्षा सामाग्रि नहुँदा उपचार प्रक्रियामा समस्या पर्ने चिकित्कसकहरुले बताएका छन् ।
कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण जिल्ला फोकल पर्सन एवं जिल्ला अस्पताल रामेछापका मेडिकल अफिसर डाक्टर आनन्द आचार्यले जिल्लामा हेल्थ डेक्स, क्वारेन्टाइन तथा आइसोलेसन स्थापना गरि संकास्पद विरामीलाई उपचार गर्ने व्यवस्था मिलाइएको भए पनि स्वास्थ्यकर्मीले लगाउने सुरक्षात्मक कपडाको भने अभाव रहेको बताएका छन् । रामेछाप जिल्लाम हालसम्म त्यसस्ता विरामीको उपचारमा संलग्न स्वास्थ्यकर्मी लगाउने पुनप्रयोग गर्न नमिल्ने २ थान किड्स मात्र आएको
उनले बताए । उपचार गर्दा लगाउने विशेष खालको माक्स जिल्लामा एउटा पनि नभएको उनको भनाई छ । यस विषयमा सम्बन्धित निकायमा अनुरोध गरि पठाएको भए पनि किड्सहरु नआइपुगेको उनले बताए । तामाकोसी अस्पताल मन्थलीका निर्देशक डाक्टर सुमन कर्माचार्य स्वास्थ्यकर्मीहरु विरामीको उपचार गर्न तयार रहेका भए पनि सरकाले आवश्यक उपकरण र सामाग्रि नपठाउँदा समस्या आउन सक्ने बताउँछन् ।
कोरोनको सम्भावित संक्रमण फैलन नदिनको लागि रामेछापका सबै पालिकाहरुले स्वास्थ्य सतर्कता अपनाएका छन् । जिल्ला सदरमुकाम मन्थलीको भैसेश्वर तथा रामेछाप नगरपालिकाले रामेछापमा स्वास्थ्य जाँच गर्ने हेल्थ डेक्स स्थापना गरेको छ । यसैगरी उमाकुण्ड र गोकुलगा गाउँपालिकाले पनि हेल्थ डेक्सहरु स्थापना गरि स्वास्थ्य जाँचमा कडाइ गरेको गाउँपालिका अध्यक्षहरुले बताएका छन् । सुनापति, दोरम्बा र खाँडादेवी गाउँपालिका अध्यक्षहरुको संयुक्त बैठक बसी पालिकहरुमा छिर्ने नाकाहरु लुभु, सित्खा, गाल्पा, माढी मुहान लगायतका स्थानमा स्वास्थ्य जाँचमा कडाई गर्ने निर्णय गरेको छ । बैठकले ती पालिकाको धार्मीक स्थलहरुमा समेत जमघट हुन रोक लगाउने लगायतका निर्णय गरको ।
खाँडादेवी गाउँपालिकाको सबै वडामा क्वारेन्टाइन स्थापना गर्ने कडा निर्देशन दिइएको सो गाउँपालिकाका प्रवक्ता पुष्क कार्कीले बताए ।
निषेधाज्ञाको दोस्रो दिन मन्थली पूर्णरुपमा बन्द, जिल्लाका सबै पालिकाहरुमा हेल्थ डेक्स स्थापना
- प्रकाशित मिति: बुधबार, चैत्र १२ २०७६
- तामाकोशी