रामेछाप । चैत १२ गते,
कोरोना भाइरसबाट बच्न सरकारले एक साताका लागि गरेको लकडाउनको दोस्रो दिन बुधबार पनि रामछापको बजार क्षेत्र बिहानैदेखि सुनसान बनेका छन् ।
सर्वसाधारणलाई अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन आग्रह गर्दै सुरुक्षाकर्मीले जिल्लाका विभिन्न स्थानमा चेकजाँचमा कडाइ गरेका छन् । लकडाउनका कारण अधिकांस मानिसहरु घरमै बसेकाले बजार क्षत्र सुनसान बनेका छन् । बुधबार सडकहरुमा एकदमै कम संख्यामा मोटरसाइकलहरु चलेका छन् । तर कतिपयले भने लकडाउनलाई गम्भीर रुपमा नलिएको पाइएको छ । लकडाउनको समयमा अत्यावश्यक काम तथा वस्तु खरिदका लागि मानिसहरु सडकमा फाट्ट फुट्ट रुपमा देखिएका छन् ।
रामेछापका प्रहरी प्रमुख प्रहरी नयाव उपरिक्षक बसन्त पाठकले लकडाउनको पहिलोदिन भन्दा दोस्रोदिनबाट थप कडाइ गरिने बताए ।
उनले लकडाउनको अघिल्लोदिन सर्वसाधारणहरुको व्यवहारिक कठिनाइलाई मध्यनजर गरी काठमाडौं लगाएत टाढाबाट आएका मोटरसाइकलहरुलाई संचालन घरसम्म जान दिएपनि दोस्रोदिनबाट भने अत्यावश्यक बाहेकका सवैखालका सवारी तथा ढुवानी साधनलाई पुर्ण रुपमा रोक लगाइने बताए । उनले अहिले स्थानीय सरकारसंग आवश्यक समन्वय गरेर जिल्लाभर प्रहरी परिचालन गरी चेकजाँचमा कडाइ गरी माइकिङ मार्फत लकडाउनको समयमा घरबाहिर ननिस्कन सर्वसाधारणहरुलाई आग्रह गरिरहेको बताए । देशका विभिन्न जिल्लाहरुमा सरकारी निर्देशनको अवज्ञा गरेर सवारी साधन चलाउनेहरुलाई प्रहरीले कारावाही गरेको भएपनि रामेछापमा भने त्यस्तो अवस्था अहिले सम्म नआएको डिएसपी पाठकले बताए । उनले आफु बचेर अरुलाई पनि बचाउँने यो संक्रमनकानि समयमा अनावश्यक रुपमा घर बाहिर निस्कने र भीडभाड जन्य क्रियाकलाप नगर्न नगराउन सबैमा आग्रह गरे । 
लकडाउनको दोस्रो दिन : बिहानैदेखि रामेछापको बजारक्षत्र सुनसान, घर बाहिर ननिस्कन आग्रह
- प्रकाशित मिति: बुधबार, चैत्र १२ २०७६
- तामाकोशी