रामेछाप । चैत ९ गते,
जिल्ला प्रशासन कार्यालय रामेछापको अत्यावश्यक सेवा बाहेकका सेवा बन्द भएको छ । आइतबार एक सूचना प्रकाशन गरी अत्यावश्यक बाहेकका नागरिकता, राहदानी वितरण लगाएतका सार्वजनिक सेवाहरु अर्काे सूचना जारी नभएसम्म बन्द भएको जनाएको हो ।
प्रमुख जिल्ला अधिकारी रुदादेवी शर्माले सूचना मार्फत जिल्ला स्थित संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामुदायिक तथा निजी क्षेत्रका सेवा प्रदायक संस्थाहरुवाट अत्यावश्यक सेवाहरु संचालन रहने भएकाले सवै सरकारी कर्मचारीहरु र अत्यावश्यक सेवामा कार्यरत कर्मचारीहरुलाई यथावत रुपमा कार्यालयमा उपस्थित हुन निर्देशन दिएकी छिन् । जिल्ला प्रशासन कार्यालयले हाललाई यो सेवा चैत २१ गतेसम्मको लागि बन्द भएको जनाएको छ ।
जिल्ला प्रशासन कार्यालयबाट नागरिकता र राहदानी वितरण बन्द
- प्रकाशित मिति: आइतबार, चैत्र ९ २०७६
- तामाकोशी