कोरोना भाइरस नियन्त्रण गर्न नेपाल भारत दुई देशिय सहमति

  • प्रकाशित मिति: सोमबार, चैत्र ३ २०७६
  • तामाकोशी

गुलरिया। विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९) नियन्त्रण गर्न सीमावर्ती क्षेत्रमा कडाइ गर्ने भएको छ ।
आइतबार बर्दियाको ठाकुरद्वारामा आयोजित नेपाल(भारत संयुक्त जिल्ला समन्वय बैठकमा कोरोना भाइरस संक्रमण नियन्त्रण गर्न दुवै देशका अधिकारी बिच सहमति भएको हो । दुई देशबीच भएको समन्वय बैठकमा कोरोना भाइरस नियन्त्रण प्रमुख एजेण्डा बनाइएको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले बताए ।
बैठक पछि जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरिक्षक राजेश बस्तोलाले सीमानामा चेकजाँच, निगरानी र अनुगमनलाई तीव्रता दिँदै व्यापक प्रचारप्रसार गर्ने सहमति गरेको समेत प्रजिअ लामिछानेले बताए ।
कोरोनासँगै सीमानामा शान्ति सुरक्षा, अपराध नियन्त्रण, सीमावर्ती क्षेत्रका स्थानीयको दैनिक सरोकारका विषयमा समेत छलफल भएको छ ।