रामेछाप । फागुन २१ गते,
रामेछापका जेष्ठ नागरिकले जेष्ठ नागरीक सम्बन्धी ऐन कागजमा मात्रै सिमित भएको गुनासो गरेका छन् । मन्थली नगरपालिकाले मन्थलीमा गरेको जेष्ठ नागरीक सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै उनीहरुले सो गुनासो गरेका हुन् । उनीहरुले जेष्ठ नागरीकको लागि आएको बजेट अन्य ठाउँमा खर्च गरिने गरेको गुनासो गरे ।
कार्यक्रममा बोल्दै जिल्ला जेष्ठ नागरीक संघ रामेछापका अध्यक्ष नारायण दास श्रेष्ठले जिल्लामा करीब २५ हजार ५ सय भन्दा बढि जेष्ठ नागरीक रहेकोमा झण्डै ५ हजार ८ सय १३ जना भन्दा बढि मन्थली नगरपालिका भित्र रहेको बताए ।
श्रेष्ठले सार्वजनिक यातयातको आरक्षण सिटमा अरु नै बसि दिने गरेको गुनासो गरे । सरकारले सबारीमा दिने भनेको ५० प्रतिशत भाडा छुट समेत आफुहरुले नपाएको उनीहरुको गुनासो थियो । औषधि उपचारमा दिएको छुट समेत भौगोलिक कारण सबै ठाउँमा प्रर्याप्त औषधि नहुँदा सेवा लिन कठिन भएको उनीहरुले बताए । कार्यक्रममा मन्थली नगरपालिकाका प्रमुख रमेश कुमार बस्नेतले जेष्ठ नागरिकका गुनासो सम्बोधन गर्न नगरपालिकाले प्रयत्न गर्ने बताए । उनले सिमित साधन र श्रोतका कारण सोचेजस्तो काम गर्न नसकेको भए पनि अब क्रमश समस्या सम्बोधन गर्दै जाने बताए ।
जेष्ठ नागरीक सम्बन्धी ऐन कागजमा सिमित रहेको जेष्ठ नागरिकको गुनासो
- प्रकाशित मिति: बुधबार, फाल्गुन २१ २०७६
- तामाकोशी