रामेछाप । फागुन २० गते,
रामेछापको रामेछाप नगरपालिकामा एकहप्ते मेलमिलाप सम्बन्धि आधारभुत तालिम मंगलबारबाट सुरु भएको छ । वडा स्तरीय मेलमिलापकर्ताहरुका लागि नगरपालिकाले आयोजना गरेको मेलमिलाप सम्बन्धि आधारभुत तालिममा ९ वटा वडाहरुबाट छनौट भएका २२ जना मेलमिलापकर्ताहरुको सहभागिता छ । तालिमको उद्धघाटन गर्दैै जिल्ला न्यायाधिस स्विकृति पराजुलीले नेपालको संविधान–२०७२ अनुसार स्थानीय सरकार संचालन ऐन २०७४ ले न्याय सम्पादनका कामलाई सुलभ बनाउन खोजेको बताइन् । तालिममा गरिने कानुनी छलफल र कानुनी टिप्सहरुले सबैलाई कानुनी रुपमा परिपक्क बनाउनेमा आफु बिश्वस्त रहेको उनको भनाई छ । रामेछाप नगरपालिका प्रमुख नर बहादुर थापा मगरले समुदाय स्तरमा भएका अन्तरविरोध तथा अन्तरकलहमा दुवै पक्षको जीत हुनेगरी मेलमिलाप गराउनमा मेलमिलापकर्ताहरुले महत्वर्ण भुमिका खेल्ने विश्वास व्यक्त गरे । न्यायिक समितिका संयोजक एवम रामेछाप नगरपालिका उपप्रमुख सृजना खड्काले प्रत्येक वडामा तालिम प्राप्त मेलमिलापककर्ताहरु र मेलमिलाप केन्द्रहरु स्थापना भएको भएपनि अपेक्षा गरे अनुसार मेलमिलापकर्ताहरुले काम गर्न नसकेको बताइन् । आगामी दिनमा मेलमिलापको क्षेत्रमा चुस्त ,दुरुस्त रुपमा काम होस भनेर आफुहरुले तालिमको आयोजना गरेको उनको भनाई छ ।
रामेछाप नगरपालिकामा मेलमिलाप सम्बन्धी आधारभूत तालिम
- प्रकाशित मिति: मंगलबार, फाल्गुन २० २०७६
- तामाकोशी