गोकुलगंगा गाउँपालिका ठोसेमा घरेलु मदिरा र मदिरा जन्य बस्तु नष्ट

  • प्रकाशित मिति: मंगलबार, फाल्गुन १३ २०७६
  • तामाकोशी

रामेछाप । फागुन १३ गते,
रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिका वडा नं २ ठोसेमा प्रहरीले घरेलु मदिरा तथा मदिरा बनाउँन प्रयोग हुने कच्चा पदार्थ नष्ट गरेको छ । मंगलबार प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको निर्देशनमा प्रहरीले स्थानीयले विक्रि वितरण गर्न राखेको ३० लिटर घरेलु मदिरा र ६ सय लिटर मदिरा बनाउँन प्रयोग गरिने कच्चापदार्थ जफत गरी नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नयाव उपरिक्षक बसन्त पाठकले जानकारी दिए । घरेलु मदिराका कारण गाउँगाउँमा विभिन्न झै झगडाका घटनाहरु बढ्दो रहेकाले घरेलु मदिरा तथा मदिरा जन्य कच्चा पदार्थ नष्ट गर्ने कार्यलाई अभियानकै रुपमा जिल्ला भर संचालन गरिने उनको भनाई छ ।