प्रधानमन्‍त्री ओलीले यसरि मनाए आफ्नै जन्मघरमा जन्‍मदिन

  • प्रकाशित मिति: आइतबार, फाल्गुन ११ २०७६
  • तामाकोशी

प्रधानमन्त्री केपी ओलीले तेह्रथुमको आफ्नै जन्मघरमा आइतबार जन्मदिन मनाएका छन्। पिता मोहनप्रसाद ओली, श्रीमती राधिका शाक्यलगायतको उपस्थितिमा ओलीले ६९ औं जन्मदिन मनाएका हुन् । ओली २००८ साल फागुन ११ गते तेह्रथुमको साविक इवा गाविसको सल्ले हाल आठराई गाउँपालिका ४ मा जन्मिएका हुन्। ओलीले पहिलो पटक जन्मघरमा पुगेर जन्मोत्सवको केक काटेका हुन्। ओलीले केक काटेर श्रीमती राधिकालाई खुवाए। उनको जन्मघरमा ३० मिनेटसम्म पालैपालो ओलीलाई शुभकामना दिएका थिए।

जन्मदिनको केक काट्नुअघि उनले आफ्नो पुख्र्यौली घरको अवलोकन गरेका थिए। घरको भित्रबाहिर वरिपरी करिव दश मिनेटसम्म चहारे। गम्भीर देखिएका प्रधानमन्त्री ओली जन्मदिनको विशेष समारोहमा भावुक पनि बनेका थिए । ओलीले जन्मदिनमा सय बढी जेष्ठ नागरिकलाई सम्मान गर्नुको साथै एक हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेर खुसीयाली साटेका छन्। कार्यक्रममा ओलीले बाल्यकाल सम्झदै नजिकै रहेको तमोर नदीको किनारै किनार खाली खुट्टा हिँडेको सम्झिए।



ओलीले आफ्नो पाइला जहाँजहाँ पुग्छ त्यहाँ विकास हुने दाबी गरे। ‘म यहाँ आए बिजुली र सडक आयो, खानेपानी र सिंचाई पनि आउनेछ’, उनले भने। ओलीले आइतबार नै छातेढुङ्गाको सुकेपोखरीदेखि प्रणामी मावि हुँदै ताप्लेजुङको ढुङ्गेसाँघु म जोड्ने सडक शिलान्यास गरे। आफ्नो जन्मथलोको खानेपानी समस्यालाई मध्यनगर गर्दै उनले चाडै समस्या समाधान हुने बताए। ‘खानेपानीको मार सबैभन्दा बढी महिलालाई पर्ने भएकाले त्यो मन्त्रालय पनि महिलालाई नै दिएको हो ।’

आठराईमा सिटीभीटीको प्राविधिक शिक्षा, ५० शैय्याको अस्पताल, चुहानडाडाँ विमानस्थल लगायतका विकासे काम चाँडै सम्पन्न हुने बताउँदै प्रधानमन्त्रीले विदेश गर्ने श्रम स्वेशमा गरिए आफ्नै गाउँमा सुन फल्ने बताए।