हत्या कि आत्महत्या ! झापामा किशोरीको शंकास्पद मृत्यु

  • प्रकाशित मिति: बिहिबार, फाल्गुन ८ २०७६
  • तामाकोशी

८ फागुन, झापा । चौध वर्षको कलिलो उमेर । विद्यालयका एक किशोरसँग प्रेम । घरबाट सामान्य गाली गरेपछि मौन प्रायः थिइन् । गाउँमा पुराण लागिरहेको थियो । आमा छिमेकीको घरमा काम गर्न गएकी थिइन् । शनिबार पुराणबाट निस्किएर आमाले काम गर्दै गरेको घरमा पुगिन् ।

त्यहाँ नुहाएर कपडा बोकेर घरतिर लागिन् । आमाले गएर भात पकाउँदै गर भनेपछि निस्किएकी उनी साँझ घर भने फर्किइनन् । अन्य दिन पनि उनी कहिलेकाहीँ हराउँथिन् ।



परिवारले प्रहरीलाई बताएअनुसार घरमा नभनी आफन्तको घरमा जाने गरेकी थिइन् ।तर, जब आइतबार पनि उनी फर्किइनन् तब खोजी सुरु भयो । सोमबार झापाको कचनकबल गाउँपालिकाको चिया बगानमा एक जना किशोरीको शव सर्वसाधारणले देखे । खबर पाएलगत्तै जिल्ला प्रहरी कार्यालय, झापाका डीएसपी महेन्द्रकुमार श्रेष्ठ आफैं घटनास्थल पुगे ।

त्यसपछि खुल्यो, उनी शनिबारदेखि हराइरहेकी लक्ष्मी देवकोटा मावि, सुकुनाडाँगीको कक्षा ६ मा अध्ययनरत् विष्णुमाया कार्की थिइन् । अनलाईन खबरबाट साभार ,