महरा छुटेपछि खुशियालीमा माला र खादाको वर्षा(भिडियो)

  • प्रकाशित मिति: सोमबार, फाल्गुन ५ २०७६
  • तामाकोशी

काठमाडौं : बलात्कार प्रयास आरोपमा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महराले सफाइ पाएलगत्तै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकर्ता र आफन्तहरुले भव्य स्वागत गरेका छन्। सोमबार काठमाडौं जिल्ला अदालतले महरालाई निर्दोष ठहर गरेपछि महरालाई स्वागतका लागि नेकपाका कार्यकर्ताहरु डिल्लीबजार कारागार पुगेका थिए। महरा रिहालगत्तै नेकपाका कार्यकर्ताले महरालाई माला र खादाले भव्य स्वागत गरेका थिए।

संसदकी एक महिलामाथि बलात्कार प्रयास गरेको आरोप महरा असोज १९ गते पक्राउ परेका थिए।यसअघि पुस ३ गते महरालाई थुनामा राख्ने जिल्ला अदालतको आदेश उच्च अदालतले सदर गरेको थियो । तर, उच्च अदालतले एक महिनाभित्र मुद्दाको टुंगो लगाउन जिल्लालाई निर्देशनात्मक आदेशसमेत दिएको थियो। संसद सचिवालयकै कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोपमा १९ असोजमा पक्राउ परेका महरालाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाएको हो। महरालाई १८ कात्तिकमा डिल्लीबजार कारागार चलान गरिएको थियो ।



पुर्पक्षका लागि थुनामा राख्ने जिल्लाको आदेशविरुद्ध महरा ५ मंसिरमा उच्च अदालत गएका थिए। जिल्ला अदालतबाट पुर्पक्षका लागि थुनामा राख्नेगरी भएको आदेश कानुन विपरित भन्दै महराले उच्च अदालत पाटनमा निवेदन दिएका थिए।