१५ महिने नाबालिकाको पोखरीमा डुबाएर हत्या

  • प्रकाशित मिति: मंगलबार, माघ २८ २०७६
  • तामाकोशी

सिरहाको बरियारपट्टीमा १५ महिने नाबालिकाको पोखरीमा डुबाएर हत्या गरेको पाइएको छ । बरियारपट्टी गाउँपालिका–३ बरियारपट्टीका देवेन्द्र यादवको १५ महिने छोरी आशिकी मंगलबार अपरान्ह घर अगाडिबाटै वेपत्ता भएकी थिइन् । खोजतलास गर्ने क्रममा आशिकीको शव प्लाष्टिकको बोरामा पोखरीमा डुबेको अवस्थामा भेटिएको थियो । आशिकीको शव एउटा बोरामा भेटिएको थियो भने सँगै अर्को बोरामा इँटा राखेर त्यसमाथि राखेको अवस्थामा फेला परेको हो ।

नाबालिकाको पोखरीमा डुबाएर हत्या भएको घटनाबारे जानकारी पाएलगत्तै सिरहाका प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदी नेतृत्वको प्रहरी टोली घटनास्थल पुगेको थियो । ‘नाबालिकाको हत्या भएको पाइएको छ,’ प्रहरी उपरीक्षक चर्तुवेदीले भने, ‘हामीले अनुसन्धान सुरु गरेका छौँ ।’नयाँपत्रिकाबाट साभार,