रामेछापका तीन गाउँपालिका अध्यक्ष सहित २० जनाको टोली इजरायल भ्रमणमा

  • प्रकाशित मिति: मंगलबार, माघ २८ २०७६
  • तामाकोशी

रामेछाप । माघ २८ गते,
रामेछाप जिल्लाका तीन गाउँपालिकाका अध्यक्षहरु इजरायल भ्रमणमा छन् । जिल्लाको सुनापती गाउँपालिकाका अध्यक्ष धावा लामा, खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर तामाङ र दोरम्बा गाउँपालिकाका अध्यक्ष कमानसिंह मोक्तान इजरायलमा उद्योग, कलकारखाना, कृषि तथा औद्योगिक क्षेत्रको अवलोकनमा छन् । नेपाल कम्युनिष्ट पाटीका केन्द्रीय सदस्य एवं सहकारी विभागका उपप्रमुख कमल प्रसाद चौलगाईको नेतृत्वमा स्थानीय तहका सरकार प्रमुख , पत्रकार सहित २० जना इजरायल भ्रमणमा छन् । इजरायलको हेल्पिङ ह्याण्ड कोलिएशन नामक संस्थाको निमन्त्रणमा उक्त टोली इजरायलको कृषि प्रणाली र अन्य वलोकनका लागि इजरायल गएका हुन् । इजरायल जानुअघि टोलीलाई बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेल र नेकपा बागमती प्रदेशका सचिव आनन्द पोखरेलले त्रिवुन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा विदाई गरेका थिए । टोलीका संयोजक चौलागाईका अनुसार भूमण टोलीले सात दिनसम्म इजरायलको उद्योग, कलकारखाना, कृषि तथा औद्योगिक क्षेत्रको भ्रमण तथा अवलोकन गर्ने छ ।