प्रहरी चौकी आक्रमण,असईसहित दुई घाइते

  • प्रकाशित मिति: शनिबार, माघ २५ २०७६
  • तामाकोशी

२५ माघ । प्रहरी चौकी तिपेनीमा गएराती अज्ञात समूहले अन्धाधुन्ध आक्रमण गर्दा चौकीका इञ्चार्ज सहित दुई प्रहरी घाइते भएका छन् । शनिबार बिहान १ बजेको समयमा १०/१२ वटा मोटरसाइकलमा आएका समूहले एक्कासि प्रहरी चौकीमा ढुङगामुडा गरेका थिए । अज्ञात समूहको आक्रमणबाट चौकीका इञ्चार्ज असईइ सन्तोष कुमार झा र प्रहरी हवल्दार हरिबहादुर मगर घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामचन्द्र घिमिरेले जानकारी दिए ।

प्रहरीले आत्मरक्षाको लागि चार राउण्ड हवाइ फायर गरेको थियो । आक्रमणमा संलग्गन मध्ये एक जना र दुई मोटरसाइकाल नियन्त्रणमा लिएको प्रहरी निरीक्षकी घिमिरेले जानकारी दिए ।



घटना लगतै इलाका प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको कमाण्डमा थप मदत तिपेनीमा गएको छ । जिल्ला प्रहरी प्रमुख एसपी प्रज्वल महर्जन पनि राती नै घटनास्थलमा पुगेका छन् । प्रहरी चौकीमा किन आक्रमण गरियो भन्ने अहिलेसम्म थाहा हुन सकेको छैन । प्रहरीले अनुसन्धान शुरु गरेको छ ।