रामेछाप । माघ २१ गते,
ट्रान्सफरेन्सि इन्टरनेसनल नेपालले रामेछाप जिल्लामा भूकम्पपछिको पुननिर्माणको अवस्था र पुननिर्माणमा देखिएको समस्याका बारेमा पत्रकारसंग छलफ गरेको छ । मंगलबार ट्रान्सफरेन्सि इन्टरनेसनलद्धारा संचालित भूकम्पपछिको पुननिर्माण र पुन निर्माणमा सदाचार कार्यक्रम मार्फत जिल्लामा संचालन भएको कार्यक्रमको जानकारी गराई जिल्लामा पुननिर्माणमा देखिएको समस्याका बारेमा पत्रकारसंग छलफल गरिएको हो ।
ट्रान्सफरेन्सि इन्टरनेसनल नेपाललका जिल्ला अधिकृत दिपक केसीले भूकम्पपछिको पुननिर्माण र पुन निर्माणमा सदाचार कार्यक्रम मार्फत संचालन भएका कार्यक्रमका बारेमा जानकारी गाउँदै जिल्लामा पुननिर्माणका क्षेत्रमा विभिन्न समस्याहरु देखा परको बताए । उनले यो कार्यक्रम मार्फत रामेछाप जिल्लामा ६ लाख ४२ हजार बजेट खर्च गर्नुपर्नेमा हालसम्म २ लाख २९ हजार खर्च भएको बताए । उनले जिलमा केही वास्तविक भूकम्पपीडितहरु लाभग्राहीमा नपर्नु , अधिकांस नीजि आवासहरु प्रयोग विहिन हुनु, प्रवलिकरणमा परेका लाभग्राहीहरुले प्रवलीकरण नगर्नु , स्थानीय जनप्रतिनिधिहरु र पुननिर्माणसंग सारोकार राख्ने निकायबिच प्रभावकारी समन्वय हुन नसक्नु जस्ता समस्या देखा परेको बताए । विद्यायालय पुननिर्माण क्षेत्रमा व्यवस्थापन समिति मार्फत पुननिर्माण हुनुपर्नेमा अप्रत्यक्ष रुपमा ठेकेदारबाट पुननिर्माण हुदा निर्माण भएका विद्यालय भवनहरु कमजोर बनेको उनको भनाई छ । उनले कतिपय खानेपानी आयोजनाको बजेट तथा स्टमेटका बारेमा उपभोक्ता समितिलाई समेत थाहाँ नहुने खालका समस्या पनि देखा परेको बताए । कार्यक्रम नेपाल पत्रकार महासंघ जिल्ला शाखा रामेछापका अध्यक्ष रमेश ढुंगेलको अध्यक्षतामा संचालन भएको हो ।
पुननिर्माणमा देखिएको समस्याका बारेमा छलफल
- प्रकाशित मिति: मंगलबार, माघ २१ २०७६
- तामाकोशी