सिन्धुलीमा ५५ केजी गाँजा सहित छ युवा पक्राउ

  • प्रकाशित मिति: सोमबार, माघ २० २०७६
  • तामाकोशी

सिन्धुली । माघ २० गते,
सिन्धुली जिल्लामा प्रहरीले ५५ केजी गाँजासहित छ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयले सोमबार पत्रकार सम्मेलन गरी पक्राउ परेका व्यक्ति र बरामद गरेको गाँजा सार्बजनिक गरेको छ । सिन्धुलीको हरिहरपुरगढी–७ केमनचुलीस्थित कच्चि सडकबाट माघ १८ गते साँझ तीन वटा मोटर साईकलमा उक्त गाँजा सर्लाही जिल्लातर्फ लैजादै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक तथा प्रबक्ता श्यामबहादुर खत्रीले हरिहरपुरगढी गाँउपालिका–७ निवासी १८ बर्षिय सन्तोष स्याङतान, १८ बर्षिय आकास बल, २४ बर्षिय अंकित मुक्तान, २४ बर्षिय सरोज स्याङतान, मरिण गाँउपालिका–२ निवासी ३५ बर्षिय तिलकध्वज मुक्तान र सर्लाही जिल्ला बागमती नगरपालिका–निवासी २४ बर्षिय श्रबणकुमार वाईवालाई पक्राउँ गरिएको बताए । पक्राउ परेका व्यक्तिले प्रयोग गरेको ना. ५८ प. ८५१, ना. ४६ प. २३१० र ना.७ प. २४१६ नम्बरको मोटरसाईकल, छ थान मोवाईल एवं केही नगद पनि बरामद गरिएको उनले बताए । उनीहरुलाई आईतबार अदालतबाट सात दिनको म्याद लिएर नुसन्धान गरिरहको प्रहरीले जनाएको छ । बरामद गरेको एक पोका गाँजाको बजार मूल्य अहिले ५० हजार रुपैया रहेको प्रहरीले जनाएको छ ।