रामेछाप । माघ १८ गते,
रामेछापका द्धन्द पीडितहरुले राज्यले आफुहरुलाइ झन पीडा दिएको गुनासो गरेका छन् । शनिबार रामेछापको मन्थलीमा न्यायका लागि पीडित समाज रामेछापको आयोजना र एडभोकेसी फोरम नेपालको सहयोगमा संक्रमणकालिन न्याय र द्धन्द्ध पीडितको अवस्था विषयक अन्तरक्रिया कार्यक्रममा उनीहरुले यस्तो गुनासो गरेका हुन् । द्धन्द्ध पीडितहरु श्याम पौडेल, बेदबहादुर कार्की, गीता ढङु्गेल, देवी मायाँ मगर, बद्री प्रसाद ढुङ्गेल, प्रकाश चन्द श्रेष्ठ, मिनकुमार मगर, गोविन्द बहादुर बुढाथोकी, नविन कुमार केसी र नारायण बहादुर श्रेष्ठले राज्यले आफुहरुको समस्या सम्बोधन गर्न छाडेर झन पीडा दिएको भन्दै आक्रोस ब्यक्त गरे ।
उनीहरुले राज्यले झुटो आश्वासन दिएर पीडितहरुलाई झन पीडा दिने काम मात्रै गरेको भन्दै आक्रोश समेत पोखेका छन् । उनीहरुले सरकारले द्धन्द्ध पीडितहरुको समस्या छैन भनेर गरिरहेको प्रचारको कडा अलोचना समेत गरेका छन् । उनीहरुले स्थानीय सरकारले पनि विभिन्न ऐन, कानुन निर्माण गर्ने क्रम्मा द्धन्द्ध पीडितहरुको समस्यालाई पनि समेट्नुपर्ने माग समेत गरे । पीडितहरुले आगामी दिनमा आफ्ना बालबालिकाले सत प्रतिशत छात्रवृत्तिमा पठनपाठन गर्ने वातावरण हुनु पर्ने, पीडितको पहिचान हुने गरि राज्यले उनीहरुको संरक्षण गर्नु पर्ने , राज्यबाट राहात रकम उचित पाउनुपर्ने, पिडा अनुसारको न्याय पाउनुपर्ने लगायतका कुराहरु तत्काल ब्यवस्था गर्नु पर्ने माग गरेका छन् । पीडितहरुको समस्यालाई सम्बन्धीत ठाउँसम्मा पु¥याउनका लागि भुमिका खेल्ने मानव अधिकार संरक्षण सञ्जाल रामेछापका संयोजक पाण्डप प्रसाईले प्रतिवद्धता जनाएका छन् ।
राज्यले झन पीडा दिएको रामेछापका द्धन्द पीडितको गुनासो
- प्रकाशित मिति: शनिबार, माघ १८ २०७६
- तामाकोशी