फेरी बाहिरियो श्रीमान श्रीमती काण्ड ! श्रीमतीले नै लियो श्रीमानको ज्यान

  • प्रकाशित मिति: शुक्रबार, माघ १७ २०७६
  • तामाकोशी

बलेवा – बागलुङको तमानखोला गाउँपालिका–१ बिसोकमा श्रीमतीले धकेलेर ठोकिँदा चोट लागेर श्रीमान्को मृ*त्यु भएको छ । सामान्य घरायसी विवादमा उनीहरुबीच कुटा*कुट नै भएको स्थानीयवासीले बताएका छन् । श्रीमती भने गम्भीर घाइते भएकी छिन् ।

माघ १६ गते घरायासी विवादको क्रममा ६४ वर्षीय रविलाल विकले ६० वर्षीया श्रीमती जमुना विकलाई कु*टेका थिए । कुट*पीटको क्रममा श्रीमती जमुना विकले धकेल्दा टाउँकोमा चोट लागेर रविलाल घाइते भएको प्रहरीले जनाएको छ । टाउकोमा गम्भीर चोट लागेका विकको घटनास्थलमै मृ*त्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।



श्रीमान् श्रीमतीबीच सधैँजसो सामान्य विषयमा पनि भनाभन हुने गरेको र बिहीबार रविलालले कुट*पिट गरेपछि जमुनाले धकेल्दा घरको भित्तामा ठोक्किँएर मृ*त्यु भएको भन्दै स्थानीयवासीले आज बिहान प्रहरीचौकी बोङगादोभानमा खबर गरेका थिए । मृ*त्यु भएका रविलालको शव परीक्षणको लागि बुर्तिवाङ स्वास्थ्यचौकीमा राखिएको छ ।

घाइते जमुनालाई उपचारको लागि धौलागिरि अञ्चल अस्पताल बागलुङमा ल्याइएको इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरीक्षक सुरज खड्काले बताउनुभयो ।रासस