रामेछाप । माघ १७ गते,
रामेछापमा ६ महिनाको अवधिमा २५ जनाले आत्महत्या गरेका छन् । चालु आर्थिक बर्ष २०७६÷०७७ को साउन देखि पौष महिनासम्म २५ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय रामेछापको तथ्याङकमा छ । यी मध्य अधिकांसले झुण्डीएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार ६ महिनाको अवधिमा २० जनाले झुण्डीएर आतमाहत्या गरेका छन् भने ६ जनाले बिष सेवन गरेर आत्मा हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यलयको तथ्याङ अनुसार आर्थिक वर्ष ०७३र७४मा ४९ जना, ०७४र७५ मा ५० जना र ०७५र७६मा ४३ जनाले अत्मा हत्या गरेका थिए । मानसिक तनाव , प्रेममा धोका, परिवारीक कलह, पढाईमा असफलता लगायतका कारण आत्महत्या गर्नेको संख्यमा वृद्धि भएको टिपियो नेपाल रामेछापमा कार्यक्रम संयोजक पाण्डव प्रसाइले बताए।
रामेछापमा ६ महिनाको अवधिमा २५ जनाले गरे आत्महत्या
- प्रकाशित मिति: शुक्रबार, माघ १७ २०७६
- तामाकोशी