बस दुर्घटना ७ जनाको मृत्यु, ४० जना घाइते

  • प्रकाशित मिति: बुधबार, माघ १५ २०७६
  • तामाकोशी

भारतको पूर्वी राज्य उडिसामा एउटा यात्रुबाहक बस दुर्घटना हुँदा बसमा यात्रारत कम्तीमा सात जनाको मृ*त्यु हुनुका साथै ४० जना घाइते भएका छन् ।प्रहरीका अनुसार उडिसाको गनजम जिल्लाको तप्तपानी इलाकाको पहाडी क्षेत्रमा गुडिरहेको बस एकाएक खोल्सामा झरेको थियो ।

बुधबार राति करिब ३.३० बजे उक्त दुर्घटना भएको थियो । घाइतेहरुलाई स्थानीय अस्पतालहरुमा भर्ना गरिएको छ । भारतमा हरेक दिन सवारी दुर्घटनाका कारण ४०० भन्दा बढी मानिसको मृत्यु हुने गरेको छ । ल्ली (रासस-सिन्ह्वा)