बबरमहलमा भयानक दुर्घटना ! झन्डै गयो ज्यान ४ जना गम्भीर घाईते

  • प्रकाशित मिति: सोमबार, जेष्ठ २० २०७६
  • तामाकोशी

काठमाडौंको बबरमहलमा एउटा मोटरसाइकल दुर्घटना हुँदा चार जना गम्भीर घाइते भएका छन् । बा ९५ प ९४४१ नम्बरको मोटरसाइकलले सडक विभाग नजिकै रहेको जेब्रा क्रसमा बाटो काट्दै गरेकी एक महिलालाई ठक्कर दिएको थियो । ठक्कर दिएर भागेको उक्त मोटरसाइकलले फेरि जिल्ला अदालत अगाडिको जेब्रा क्रसमा पनि पुगेर बाटो काट्दै गरेका दुई महिलालाई ठक्कर दिएको थियो ।

दुर्घटनामा परि ४ जना गम्भीर घाइते भएका छन्। उनीहरुको नर्भिक र सिभिल अस्पतालमा उपचार भइरहेको छ । मोटरसाइकल चालक घाइतेहरुको नाम ठेगाना खुल्न नसकेको प्रहरीले जनाएको छ ।