रामेछाप । जेठ २० गते,
रामेछाप जिल्लामा आर्थिक बर्ष २०७६÷७७ का लागि २ अर्ब ५० करोडको बजेट विनियोजन भएको छ । संघीय सरकारले ल्याएको आर्थिक बर्ष २०७६÷०७७ को बजेटमा रामेछापको आठ वटा स्थानीय तहको लागि उक्त बजेट विनियोजन गरिएको छ ।
विनियोजित बजेटमा मन्थली नगरपालिकालाई सबै भन्दा बढी ५१ करोड, रामेछाप नगरपालिकालाई ३४ करोड, उमाकुण्ड गाउँपापिलकालाई २३ करोड, खाँडादेवी गाउँपालिकालाई ३२ करोड, गोकुलगंगा गाउँपालिकालाई २७ करोड बजेट विनियोजना गरिएको छ । यसैगरी दोरम्बा गाउँपालिकालाई २७ करोड, लिखु तामाकोसी गाउँपालिकालाई २८ करोड र सुनापती गाउँपालिकामा २५ करोड बजेट विनियोजन गरिएको छ । अन्तर सरकारी वित्तीय हस्तान्तरण अन्र्गत उक्त बजेट विनियोजन गरिएकोे बताइएको छ ।
रामेछापमा आर्थिक बर्ष २०७६÷०७७ को बजेट २ अर्ब ५० करोड , मन्थली नगरपालिकालाई मात्रै ५१ करोड
- प्रकाशित मिति: सोमबार, जेष्ठ २० २०७६
- तामाकोशी