सवारी दुर्घटनामा गयो एक जना बृद्धको ज्यान

  • प्रकाशित मिति: आइतबार, जेष्ठ १९ २०७६
  • तामाकोशी

काठमाडौं- दाङमा आइतबार भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ। दाङको तुलसीपुर उपमहानगरपालिका ८ कृष्णमन्दिर नजिक ट्याक्टरले साइकलयात्रीलाई ठक्कर दिँदा एक बृद्धको मृत्यु भएको प्रहरीले जनाएको छ।

आइतबार बेलुका तुलसीपुरबाट पश्चिम दाङ जाँदै गरेको रा १ त १७०७ नम्बरको ट्याक्टरले सोही तर्फ जाँदै गरेको साइकललाई ठक्कर दिँदा साइकल चालक दंगीशरण गाउँपालिका वडा नं ५ सलौरा निवासी ५० बर्षिय भीमबहादुर चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ।



दाङका प्रहरी नायब उपरीक्षक विनोद विक्रम शाहका अनुसार चौधरीको घटना स्थलमै मृत्यु भएको हो। शवलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको छ। यसैबीच आइतबार नै घोराही उपमहानगरपालिकाका कामदार बोकेको ट्याक्टर दुर्घटना हुँदा २२ जना घाइते भएका छन्।