खोटाङ । जेठ १९ गते,
खोटाङमा विद्यालय भ्रमणमा गएका दुई जना विद्यार्थीको खोलामा डुबेर ज्यान गएको छ । भ्रमणमा गएका खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका(४, खाल्लेका एलिस बस्नेत र १९ वर्षीय विक्रम भट्टराईको ज्यान गएको हो । शनिबार दहमा पौडी खेल्ने क्रममा दिक्तेल प्राविधिक शिक्षालयमा सब(ओभरसियर अध्ययनरत दुई विद्यार्थीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक केशवकुमार कट्वालले जानकारी दिए । 
शिक्षालयले व्यवहारिक भ्रमणका लागि ३५ जना विद्यार्थीको टोलीलाई साप्सु कालिका हाइड्रोपावर लगेको थियो । त्यही समयमा उनीहरु पौडी खेल्ने क्रममा दहमा डुबेका हुन् । तीन जना विद्यार्थी दहमा गएकोमा दुई जना विद्यार्थीको डुबेर ज्यान गएको हो । सुरुमा डुबेका विक्रमलाई बचाउन दहमा जाँदा एलिस पनि डुबेको भन्दै तेस्रो विद्यार्थीले शिक्षक तथा साथीभाइलाई खबर गरेका थिए । खबर पाएपछि घट्नास्थल पुग्दा उनीहरु दुवै मृत फेला परेका थिए ।
खोटाङमा भ्रमणमा गएका दुई विद्यार्थीको खोलामा डुबेर ज्यान गयो
- प्रकाशित मिति: आइतबार, जेष्ठ १९ २०७६
- तामाकोशी