काठमडौं १८ जेठ । मोटरसाइकल दाइजो नल्याएको निहुँमा श्रीमती हत्या गरेको आरोपमा महोत्तरीको पिपरा गाउँपालिका–१ का २५ वर्षीय बलेश्वर यादवलाई प्रहरीले बिहीबार पक्राउ गरेको छ । २० वर्षीया विमलादेवी यादवको हत्यामा माइतीपक्षले किटानी जाहेरी दिएपछि बलेश्वर र उनका बुवा ५५ वर्षीय शंकर यादव पक्राउ परेका हुन् । हत्यामा संलग्न रहेको आरोप लागेका बलेश्वरका दिदीबहिनी र आमा भने फरार रहेको प्रहरीले जनाएको छ ।कुटपिट गरी १४ जेठमा विमलादेवीको हत्या भएको थियो । –नयाँ पत्रिका दैनिकबाट
दईजोको पराकाष्टा ! आफ्नै श्रीमतीको हत्या
- प्रकाशित मिति: शनिबार, जेष्ठ १८ २०७६
- तामाकोशी