भयानक दुर्घटना ! बस र ट्रक ठोक्किँदा २ जनाको मृत्यु, १८ जना घाइते

  • प्रकाशित मिति: बिहिबार, जेष्ठ १६ २०७६
  • तामाकोशी

नवलपुरको देवचुली नगरपालिका–२, दुम्कौलीमा बस र ट्रक एकापसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ । १८ जना घाइते भएका छन् । बिहीबार नारायणगढबाट पाल्पा जाँदै गरेको ना२ख ४८९० नम्बरको ट्रक र कावासोतीदेखि नारायणगढतर्फ आउँदै गरेको ना४ख ५२९५ नम्बरको यात्रुवाहक बस ठोक्किएका हुन् । मृतकको सनाखत भएको छैन । दुर्घटनामा घाइते भएकाहरुको भरतपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । यो समाचार केन्द्र बिन्दु अनलाईन खबरमा लेखिएको छ ।