चितवन बासीले गरे घिनलाग्दो काम ! कर्मचारीलाई धम्कि – धुर्मुश रुदै मिडियामा,गुण्डागर्दी गर्ने माथि धुर्मुशाको यस्तो चुनौती ?

  • प्रकाशित मिति: बिहिबार, जेष्ठ १६ २०७६
  • तामाकोशी

काठमाण्डु, १६ जेठ – धुर्मुस–सुन्तली फाउन्डेसनले चितवनमा बनाइरहेको अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको टिनको बार स्थानीयले भत्काएका छन् । बुधबार बिहानै स्थानीयले डोजर लगाएर रंगशालामा बारिएको टिनको बार भत्काएका हुन् । कृषि तथा वनविज्ञान विश्वविद्यालयको जग्गामा निर्माणाधीन रंगशालाको तारबार भत्काएसँगै धुर्मुस अर्थात् सिताराम कट्टेलले यस कार्यलाई राजनीतिबाट प्रेरित भएको घटना भनेका छन् ।

उनले रंगशाला निर्माणमा खटिएका कामदारालाई धम्कीसमेत आउने गरेको बताएका छन् । फाउन्डेसनले मंगलबारमात्र रंगशालाको जग्गालाई बार लगाएको थियो । तर स्थानीयले सडक निर्माणका लागि केही जग्गा छाडेर तारबार लगाउन फाउन्डेसनलाई आग्रह गरेको थिए । फाउन्डेसनले रंगशालाको विस्तृत अध्ययन प्रतिवेदन आएपछि यसबारेमा कुरा गर्नेभन्दै तारबार लगाएपछि बुधबार बिहानै रंगशालाको तारबार भत्काइएका हुन् ।