मौसम खराबीको कारण पाँच जहाज भैरहवामा आपतकालिन अवतरण

  • प्रकाशित मिति: बिहिबार, जेष्ठ १६ २०७६
  • तामाकोशी

भैरहवा : देशभरका विभिन्न स्थानबाट काठमाडौंका लागि उडान भरेका भरेका जहाजहरु भैरहवास्थित गौतम बुद्ध विमानस्थलमा अवतरण भएका छन् । काठमाडौंको मौसम खराबीका कारण ती जहाज भैरहवामा आपतकालिन अवतरण गरिएका हुन् । काठमाडाैंमा बुधबार दिउसाे अचानक भारी वर्षा भएकाे छ ।

काठमाडौंका लागि भैरहवा विमानस्थलबाट उडान भरेका दुई वटा, भद्रपुर विमानस्थलबाट उडेका दुई, र जनकपुरबाट एउटा गर पाँचवटा जहाज भैरहवा विमानस्थलमा अवतरण भएको प्रहरीले जनाएको छ । भैरहवा विमानस्थलका प्रमुखले भने विमानको आपतकालिन अवतरणबारे सूचना दिन मानेनन् । विमानको आपतकालिन अवतरणपछि यात्रुहरु विमानस्थल क्षेत्रमा यत्रतत्र छरिएर बसेका छन् । विमानस्थलले यात्रु व्यवस्थापन गर्न नसकेको यात्रुहरुको गुनासो छ । आन्नापूर्ण पोस्टबाट खबर