काठमाडौँ – सरकारले सङ्घीय संसद् ९प्रतिनिधिसभा र राष्ट्रियसभा० को संयुक्त बैठकमा आव २०७६÷७७ को वार्षिक बजेट पेश गरेको छ । अर्थमन्त्री डा युवराज खतिवडाले सङ्घीय संसद्मा आव २०७६÷७७ का लागि नेपाल सरकरको आय र व्ययको अनुमान अर्थात् बजेट आज पेश गरेका छन् । अर्थमन्त्रीले राजश्व र व्ययको अनुमान प्रत्येक वर्ष जेठ महीनाको १५ गते सङ्घीय संसद्मा पेश गर्नुपर्ने संवैधानिक व्यवस्था छ । सभामुख कृष्णबहादुर महराले बैठक शुरु हुनासाथ अर्थमन्त्रीलाई बजेट प्रस्तुत गर्न अनुमति दिनुभएको थियो । सरकारले वार्षिक अनुमान पेश गर्दा प्रत्येक मन्त्रालयलाई छुट्याएको रकमअनुसारको लक्ष्य प्राप्त भयो÷भएन, त्यसको विवरण पनि पेश गर्नुपर्नेछ । अर्थमन्त्रीको हैसियतले डा खतिवडाले दोस्रो पटक सरकारको वार्षिक बजेट पेश गर्नुभएको हो ।
सङ्घीय संसद् नयाँ बानेश्वरमा अर्थमन्त्री डा खतिवडाद्वारा भर्खर ९अपराह्न ४ बजे०देखि पेश भइरहेको बजेटसम्बन्धी कार्यक्रमको रेडियो नेपाल र नेपाल टेलिभिजनलगायत विभिन्न सञ्चारमाध्यमबाट प्रत्यक्ष प्रसारण भइरहेको छ । यसैबिच आगामी आर्थिक वर्षबाट सरकारले वृद्धभत्ता बढाउने भएको छ। हाल वृद्धहरुलाई २ हजार भत्ता दिँइदै आएको भएता पनि आगामी आर्थिक वर्ष देखि सरकारले मासिक ३ हजार वृद्धभत्ता दिने भएको हो। आगामी आर्थिक वर्षका लागि बजेटले सामाजिक सुरक्षाको विस्तार, उत्पादन शक्तिको विकासमा प्राथमिकता दिएको छ ।