काठमाडौँ । हाँस्यकलाकार एवं सामाजिक अभियन्ता सिताराम कट्टेल(धुर्मुश) र कुन्जना घिमिरे (सुन्तली)को अगुवाईमा चितवनमा निर्माण हुन लागेको गौतमबुद्ध अन्तराष्ट्रिय रंगशालामा तोडफोड भएको छ । रामपुर कृषि क्याम्पसका लागि अधिग्रहण गरेको जग्गामा क्रिकेट रंगशाला निर्माण गर्न थालेपछि विवाद भएपछि स्थानीयले भत्काएको समाचार प्राप्त भएको छ । स्थानीयले जग्गाको विषयमा विवाद गरेर रंगशालाको बार र निर्माण गरेको भौतिक संरचना भत्काएका हुन् ।
तोडफोडमा संगल्न भएकाहरुलाई तत्कालै प्रहरीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय चितवनमा लगेर राखेको छ । लामो समयदेखि बस्ती निर्माण कार्यमा संलग्न भएको धुर्मुस सुन्तली फाउन्डेसनले चितवनमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको घोषणा काम अघि बढाएसँगै क्रिकेटप्रेमीहरु उतसहित भएका छन् ।