मुम्बईमा बिवाइएल नायर नामको एउटा अस्पताल छ । २२ मेमा यो अस्पतालमा एमडीकी दोस्रो वर्षकी छात्राले आत्महत्या गरेकी छिन् । मृतकको नाम पायल सलमान तडवी हो । २६ वर्षकी पायल महाराष्ट्रको जलगांजमा बस्थिन् । उनी अस्पतालमा ‘रेजिडेन्ट डाक्टर’ थिइन् ।
मिडिया रिपोर्टका अनुसार महाराष्ट्र असोसिएशन अफ रेजिडेन्ट डाक्टर्स (एमएआरडी) का एक प्रतिनिधिले २२ मेमा पायलले तीन शल्यक्रिया गरेको बताए । उनका अनुसार कुनै तनावमा नदेखिएकी पायल शल्यक्रिया पछि आफ्नो कोठामा गइन् । आफ्नो स्कार्फलाई पङ्खा बनाएर फाँसीमा चढिन् ।
पायलका परिवारका सदस्यले अस्पतालकै तीन सिनियर डाक्टरले उनलाई टर्चर गर्ने गरेको आरोप लगाए ।
पायल आदिवासी समुदायसँग थिए । र उनले आरक्षण कोटाबाट भर्ना लिएकी थिइन् । पायलकी आमाको आरोप अनुसार वरिष्ठ डाक्टरले उनलाई जाती र आरक्षण कोटाबाट भर्ना लिएको विषयमा पटकपटक कमेन्ट गर्ने गर्थे । उनलाई आराम गर्न नदिई घण्टौं काम गराउने परिवारको आरोप छ । सिनियर डाक्टरले उनलाई अपरेशन थिएटरमा काम गर्न नदिने पनि आरोप छ ।
पायलको परिवारले पुलिसलाई ह्वाट्सएप ग्रुपको च्याट पनि देखाएका छन् जसमा आरोपी डाक्टरले उनीमाथि जातीय टिप्पणी गरिरहेका छन् ।
पुलिसका अनुसार पायलले दुई महिनाअघि नायक अस्पतालको एचओडीलाई लिखित उजुरी पनि दिएकी थिइन् । तर पछि श्रीमानको आग्रहपछि उनले आफ्नो उजुरी फिर्ता लिइन् । पायलका श्रीमान् पनि मुम्बईका डाक्टर हुन् । तीनै आरोपी डाक्टर अहिले फरार छन् । पुलिसले उनीहरुविरुद्ध आत्महत्याको लागि उक्साएको, एन्टी र्यागिङ एक्टलगायत अन्य मामलामा मुद्दा दर्ता गर्दै उनीहरुको खोजी गरिरहेको छ ।
यो पनि पढ्नुहोस !!!
मुम्बईस्थित बीवाईएल नायर अस्पतालकी डाक्टर पायल तडवीको आत्महत्याको मामलामा मंगलबार एकजनालाई पक्राउ गरिएको छ । पुलिसले डा. भक्ति मेहरेलाई पक्राउ गरेको छ भने अन्य दुई डाक्टरको खोजी जारी छ ।
पायलका श्रीमान् डा. सलमानले सरकारले यो मामलामा हस्तक्षेप गरोस् भन्ने इच्छा राखेका छन् । उनले भनेका छन्, ‘पुलिसले कुनै ठोस् कदम उठाइरहेको छैन । पायललाई यातना दिने तीन महिला डाक्टरले नै उनको हत्या गरेको हुनसक्छ ।’
यसअघि अस्पताल प्रशासनले प्रसुती विभागकी प्रमुख डाक्टरलाई निलम्बित गरेको छ । अनुसन्धान हुञ्जेल तीनै आरोपी महिला डाक्टरलाई पनि निलम्बित गरिएको छ । अस्पतालकी २६ वर्षीया डा. पायल तडवीले गत मे २२ तारिखमा आफ्नो कोठामा स्कार्फको पासो लगाएर आत्महत्या गरेकी थिइन् ।
रातो पार्टीबाट साभार