Breaking News : काठमाडौंमा ठाउँ-ठाउँमा वम विस्पोट ३ जनाको मृत्यु, ६ घाइते

  • प्रकाशित मिति: आइतबार, जेष्ठ १२ २०७६
  • तामाकोशी

१२ जेठ, काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिका–३, इँटाभट्टा चोकमा पनि बम विष्फोट भएको छ । प्रेसर कुकर बम बोकेर ल्याउँदै गर्दा विष्फोट भएको हो । चन्द्रागिरी प्रहरीका एक अधिकारीका अनुसार विष्फोटमा परेर दुई जना घाइते भएका छन् । घाइते हुनेको सनाखत भएको छैन ।अनलाइन खबरमा लेखिएको छ ।

यो पनि पढ्नुहोस :
१२ जेठ, काठमाडौं । सुकेधारा र घट्टेकुलोमा भएको बम विस्फोटमा मृत्यु हुनेको संख्या तीन पुगेको छ । ६ जना घाइते भएका छन् । सुकेधारा र घट्टेकुलो दुबै स्थानमा घटनास्थलमा एक एक जना मृत भेटिएका छन् भने ओम अस्पतालमा उपचारका क्रममा एक जनाको मृत्यु भएको छ । ओम अस्पतालमा मृत्यु हुने सुकेधारा विस्फोटका घाइते हुन् । ओम अस्पतालमा अरु ५ जनाको उपचार भइरहेको छ । घट्टेकुलो विस्फोटका घाइते रविन केसीको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।



दुबै विस्फोटमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाको संलग्नता रहेको पुष्टि भएको छ । घट्टेकुलो विस्फोटका घाइते केसी विप्लव समूहका विद्यार्थी नेता हुन् ।

सुकेधारा विस्फोटमा घाइते भएका सुरेन्द्र महर्जन विप्लव समूहको भातृ संस्था नेवा मुक्ति मोर्चाका नेता रहेको प्रहरीले जानकारी दिएको छ । सुकेधारास्थित ढलाने पुल नजिकै सैलुनमा बम विस्फोट भएको थियो । प्रहरीको प्रारम्भिक अनुसन्धानमा सिलिण्डर विस्फोट भएको खुलेको छ । तर, आफैं वा कसैले विस्फोट गराएको हो भन्ने अनुसन्धान भइरहेको प्रवक्ता पोखरेलले बताए ।