रामेछापको गुम्देलमा ४ दशमलव ९ रेक्टरको परकम्पन

  • प्रकाशित मिति: शनिबार, जेष्ठ ११ २०७६
  • तामाकोशी

रामेछाप । जेठ ११ गते,
रामेछापको गुम्देलमा ४ दशमलव ९ रेक्टर स्केलको परकम्प गएको छ । बिहान ११ बजेर २ मिनेटमा रामेछापको गुम्देलमा ४ दशमलव ९ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार यो परकम्प २०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको भूकम्पकै परकम्प हो ।