फेरी छिर्र्यो एर्पोटमा ७ करोड ६७ लाख ९४ हजारको भारतीय नक्कली नोट ,प्रहरी फन्दामाअन्सारी ?

  • प्रकाशित मिति: शुक्रबार, जेष्ठ १० २०७६
  • तामाकोशी

काठमाडौँ — नेपाल प्रहरी र विमानस्थल भन्सारको स‌ंयुक्त टोलीले पाकिस्तानबाट कतारको दोहा हुँदै नेपाल आएका पाकिस्तानी नागरिक नसिर उद्दिनसहित अन्य ३ जनालाई ठूलो परिमाणको भारतीय नक्कली नोटसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ । यस्तै उनीहरुलाई लिन विमानस्थल पुगेका युनुस अन्सारीसहित अन्य २ जनालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

६७ वर्षीय नासिर उद्दिनसँगै नेपाल आएका ४९ वर्षीय मोहम्मद अफ्तर र ३९ वर्षीय नदिया अनवरलाई प्रहरीले विमानस्थल भित्रको भन्सार क्षेत्रबाट पक्राउ गरेको हो। उनीहरु कतारको दोहाबाट बिहान सवा ८ बजे नेपाल अवतरण गरेका थिए।
युनुससँग रहेका सोहेल खान र गाडी चालकसुजन रानामगर पनि पक्राउ परेका हुन्।



नक्कली भारतीय रुपैयाँसहित पक्राउ परेका ६७ वर्षीयनासिर उद्दिन।

विमानस्थल भन्सारका प्रमुख गजेन्द्र ठाकुरले ठूलो परिमाणको भारतीय नक्कली नोटसहित केही व्यक्ति पक्राउ परेको र उनीहरुसँग दुईवटा सुटकेसमा रहेको नोट गन्ने कार्य भइरहेको पुष्टी गरे।

नसिरुद्धिनको साथमा रहेको सुटकेसमा २ हजार दरको ७ करोड ६७ लाख ९४ हजार रुपैयाँको बण्डलहरु रहेको बताइएको छ। एउटा सुटकेसमा रहेको नोट गनेर अर्को सुटकेसमा रहेको नोट गन्ने कार्य भइरहेको प्रहरी स्रोतले बताएको छ। भारतमा नोटबन्दी भएपछि २ हजार दरका नक्कली नोट यति ठूलो परिमाणमा फेला परेको यो पहिलो घटना हो।कान्तिपुरबाट साभार