जिल्ला अस्पताल सिन्धुलीमा बाल रोग बिशेषज्ञ नहुदा बिमारी मर्कामा

  • प्रकाशित मिति: शुक्रबार, जेष्ठ १० २०७६
  • तामाकोशी

सिन्धुली ।
जिल्ला अस्पताल सिन्धुलीमा बाल रोग बिशेषज्ञ नहुदा बिमारी मर्कामा परेका छन् । सिन्धुलीको सदरमुकाममा रहेको जिल्ला अस्पताल सिन्धुलीमा बालरोग विशेषज्ञ डाक्टरको दरबन्दी र डाक्टर भएतापनि नियमित नबस्दा बिरामी मर्कामा परेका हुन् ।

जिल्ला अस्पताल सिन्धुलीका बाल रोग बिशेषज्ञ डा. बुलु वाग्ले लाई पटक पटक आउदा पनि नभेटिएको नागरिकको गुनासो रहेको छ । डाक्टर नएपछि बिरामी लाई उपचारको लागि काठमाण्डौ अथवा अन्यत्र लैजानुपर्ने बाध्यता रहेको छ । डा. बुलु वाग्ले बिदामा रहेको बताइएता पनि बिदाको आधिकारीक सुचना जिल्ला अस्पताल सिन्धुलीमा नभएको बताइएको छ । डा. बुलु वाग्ले पटकपटक घर गहिरहने गरेको जिल्ला अस्पताल सिन्धुलीकी प्रमुख मडिकल सुपरिटेण्डेड डा. सुमित्रा गौतमको भनाई छ ।



जिल्ला अस्पताल सिन्धुलीले नागरिकलाई गुणस्तरीय र चुस्त सेवा प्रवाह गर्न नसकेको नागरिकको गुनासो रहेको छ ।