रामेछाप । जेठ ७ गते,
सगरमाथाको सफल आरोहन गरेका रामेछापको लिखुतामाकोशी गाउँपालिका घर भएका प्रकाशराज पाण्डे डायनामिक सदभावना दुतमा नियुक्त भएका छन् । स्काउटिङ्ग अभियानको विकास र प्रबद्र्धनको लागि पाण्डेलाई डायनामिक स्काउट क्यूले डायनामिक सद्भावना दुत नियुक्त गरेको हो ।
स्काउटिङ्ग शिक्षाको माध्यमबाट सवल, इमान्दार, अनुशासित, क्रियाशिल एवं नेतृत्वदायी नागरिक निर्माणका लागि किशोरकिशोरी तथा युवाहरुलाई स्काउटप्रति आकर्षित गर्न पाण्डेलाई सदभावना दुतमा नियुक्ति गरिएको बताइएको छ ।
स्काउट लिडर समेत रहेका सद्भावना दुत प्रकाशराज पाण्डेले स्काउटिङ्गको विकाश र प्रर्वद्धनका लागि क्यिूसँग सहकार्य गर्दै आफ्नो जिम्मेवारी पुरा गर्ने बताए । स्काउटका जन्मदाता लर्ड वेडेन पावेलको नामबाट नामाकरण गरिएको रसुवास्थित विपी पिक २ पकटसम्म सफल आरोहण गरिसकेका पर्वतारोही प्रकाशराज पाण्डेले सन् २०१८ मा विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरिसकेका छन् । आगामी जेष्ठ १७ देखी २१ सम्ममा पोखरामा हुँन गइरहेको नेपाल स्काउटको प्रथम रोभर मुटलाई लक्ष्ति गर्दै क्यूले विभिन्न क्रियाकलापहरु संचालन गर्दै आएको छ । त्यसैग्री मिस नेपाली ट्राभलर २०१९ र स्वयात्रा २०१८ विजेता पुजा रिजाललाई डायनामिक स्काउट क्यूले डायनामिक सद्भावना दुत नियुक्त गरेको छ ।
सगरमाथा आरोही रामेछापका प्रकाशराज पाण्डे डायनामिक सदभावना दुत बने
- प्रकाशित मिति: मंगलबार, जेष्ठ ७ २०७६
- तामाकोशी