पर्सा । आफ्नै दाजुलाई गोली प्रहार गरी हत्या गरेको आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिराभवानीपुर गाउँपालिका-१ बलुवा बस्ने ३८ वर्षीय शेख सेरामुद्धिन रहेका छन् । उनले आफ्नै दाजु ४८ वर्षीय शेष फारुकलाई गोली प्रहार गरी हत्या गरेको पर्सा प्रहरीले जनाएको छ ।
घरायसी विवादको कारण कटुवा पेस्तोलले गोली प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । शेख सेरामुद्धिनको साथबाट प्रहरीले कटुवा पेस्तोल १ थान, गोली ३ राउण्ड र खोका १ थान बरामद गरेको छ । गोली प्रहारबाट गम्भीर घाइते भएका फारुकलाई उपचारका लागि शिक्षण अस्पतालमा महाराजगंज ल्याउँदै गर्दा मृत्यु भएको हो ।