रामेछाप, बैशाख ३१ गते । सरकारले स्वस्थ, स्वतन्त्र, मर्यादित र उत्तरदायी पत्रकारिता विकासको नाममा ल्याउन लागेको नेपाल मिडिया काउन्सिल विधेयक संसोधन सहित प्रेस बिरोधी प्राबधान सच्याउन माग गर्दै नेपाल प्रेस युनियन रामेछापले संघिय संसदलाई ज्ञापन पत्र बुझाएको छ ।
विधेयकमा उल्लेखित जरिवाना तथा क्षतिपूर्ती सम्बन्धि व्यबस्थाले स्वतन्त्र पत्रकारितालाई घुमाउरो किसिमले निरुत्साहित गर्ने लगायतका दफाहरुको संसोधनको माग राख्दै मंगलबार रामेछापका प्रमुख जिल्ला अधिकारी मार्फत युनियनले संघिय संसदलाई ज्ञापन पत्र बुझाएको हो ।
नेपाल प्रेस युनियन जिल्ला शाखा रामेछापका अध्यक्ष अप्रिल अधिकारीको नेतृत्वमा गएको टोलीले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको थियो । ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी लिला कुमारी के.सी. पाण्डेले युनियनले बुझाएको ज्ञापन पत्रलाई तत्काल सम्बन्धित निकायलाई पठाउने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।संसदमा पेश भएको नेपाल मिडिया काउन्सिल सम्बन्धि बिधेक र संसदमा लैजाने तयरीमा रहेको आम सञ्चार विधेयकमा उल्लेखित केहि दफाहरू प्रति असहमति राख्दै नेपाल प्रेस युनियनले सबै जिल्ला प्रशासन कार्यालय मार्फत एकै साथ मंगलबार ज्ञापन पत्र बुझाएको छ ।
सरकारी रबैयाको बिरुद्धमा नेपाल पत्रकार महासंघ लगाएतका बिभिन्न सञ्चार सँग सम्बन्धित संस्थाहरूले समेत उक्त विधेयकको संसोधनको माग गर्दै चरणबद्ध रुपमा आन्दोलनका कार्यक्रमहरू घोषणा गरेका छन् ।