रामेछापका ११ सय ४० युवालाई सरकारले रोजगारी दिने ( कुन स्थानीय तहमा कति हेर्नुहोस् )

  • प्रकाशित मिति: मंगलबार, बैशाख ३१ २०७६
  • तामाकोशी

रामेछाप । वैशाख ३१ गते,
रामेछापका ११ सय ४० जना बेरोजगार युवाहरुलाई सरकारले रोजगारी दिने भएको छ । जिल्लाको ८ स्थानीय तहका वेरोजगार यूवाहरुलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगारी दिन विभिन्न स्थानीय तहलाई बजेट छुट्याएको छ । बेरोजगारी सूचीमा दर्ता भएका १ लाख ६ हजार ८ सय ७२ जनालाई ३० दिन बराबरको रोजगार दिन परिपत्र गरिसकेको छ । सरकारले चालु वर्षको बजेटमार्फत प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत ५ लाखलाई रोजगार दिने भनेको थियो । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले बेरोजगारी सूचीमा दर्ता भएका रामेछापका ११ सय ४० जनालाई ३० दिन बराबरको रोजगार दिने भएको छ । जिल्लाको ८ स्थानीय तहहरुमध्ये सबैभन्दा बढीले मन्थली नगरपालिकाका २ सय १७ जना यूवाहरुले रोजगार पाउने भएका छन् । त्यसैगरी सबैभन्दा कम उमाकुण्ड र सुनापति गाउँपालिकामा १ सय १७ जना वेरोजगार यूवाहरुले रोजगारी पाउँने भएका छन् । जिल्लाको रामेछाप नगरपालिकामा १ सय ५३, खाँडादेवी गाउँपालिकामा १ सय ४०, दोरम्बा गाउँपालिकामा १सय ३५, लिखु गाउँपालिकामा १ सय ३५ र गोकुलगंगा गाउँपालिकामा १ सय २६ जना वेरोजगार यूवाहरुले ३० दिन बराबरको रोजगारी पाउँने भएका छन् । देशभरका लागि २ अर्ब ३६ करोड ७९ लाख ६९ हजार रुपैयाँ बराबरको रकम स्थानीय तहमा सशर्त अनुदानका रूपमा जानेछ ।