रामेछाप । वैशाख २६ गते, रमेश ढुंगेल,
नेपाली काग्रेसका नेता एबं पूर्व केन्द्रीय सदस्य मनमोहन भट्टराइले बर्तमान सरकार सर्बसत्तावाद भएको आरोप लगाएका छन् । बर्तमान सरकारले मुलुकमा बिकृति नै बिकृति जन्माएको उनको भनाई छ ।
नेपाली काँग्रेस रामेछापले मन्थलीमा आयोजना गरेको पार्टिको जागरण अभियान बुधबार उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । भट्टराइले सरकारले गरेका बिकृति विसंगति र भ्रष्टाचार जन्य कार्यक्रमहरुको उजागर गर्न नेपाली काँग्रेसले जागरण अभियान सुरु गरेको बताए । जिल्ला पार्टि सभापति लबश्री न्यौपानेको अध्यक्षता एबं नेपाली काँग्रेस पूर्ब केन्द्रीय सदस्य मनमोहन भट्टराइको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रमका अबसरमा आजै देखि जागरण अभियानको औपचारिक सुरुवात भएको घोषणा गरिएको थियो ।
बर्तमान सरकार सर्बसत्तावाद भयो : काग्रेस नेता भट्टराई
- प्रकाशित मिति: बिहिबार, बैशाख २६ २०७६
- तामाकोशी