गाई काटेको अभियोगमा रामेछापमा दुई जना प्रक्राउ

  • प्रकाशित मिति: बुधबार, बैशाख २५ २०७६
  • तामाकोशी

रामेछाप, बैशाख २५ गते ।
गाई काटेको अभियोगमा रामेछाप प्रहरीले २ जनालाई पक्राउ गरेको छ । मंगलबार खाँडादेवी गाउँपालिका वडा नम्बर १ राकाथुम चापाडीका ३१ वर्षिय रामशरण भनिने हरिवहादुर खड्का र सोहि ठाउको २९ वर्षिय सुजन खड्कालाई पक्राउ गरेको हो ।

गाई काटेको भन्ने खबर सुन्नासाथ खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रबक्ता एवं प्रहरी निरिक्षक शेख अदालतले जानकारी दिए ।
अभियुक्तहरुलाई पक्राउ गरी गौंबध सम्बन्धी मुद्धा चलाएको प्रहरीले जनाएको छ ।