शाकाहारी भन्दा मांसहारीलाई बढि रोग लाग्ने

  • प्रकाशित मिति: आइतबार, बैशाख २२ २०७६
  • तामाकोशी

काठमाडौं ।  स्वास्थ्य विज्ञानले पनि शाकाहारी भन्दा मांसहारीलाई बढि रोग लाग्ने बताउँछ । झन् ४० वर्ष कटेकाले मासु छोड्दा नै फाइदा हुने डाक्टर कै सल्लाह पनि हुने गर्छ ।

एक अध्ययनले देखाए अनुसार मासु खाने व्यक्तिमा यौन जीवनको सम्बन्ध राम्रो हुने दावी गरेको भएता पनि मांसहारीले कम्तिमा हप्तामा एक पटक यौन सम्पर्क गर्ने बताएका छन् । यस अध्ययनमा बेलायतका दुई हजार व्यक्तिले सहभागिता जनाएका थिए । तीमध्ये मासु नखाने व्यक्तिमध्ये ४२ प्रतिशतले हप्तामा एक पटक यौन सम्पर्क गर्ने बताए । जबकी मासु खानेमध्ये १६ प्रतिशत व्यक्तिले हप्तामा एक पटक यौन सम्पर्क गर्ने बताए ।



‘गउरमेन्ट मिट क्लब’ नामक वेबसाइटले अध्ययन गरेको हो । यद्यपी, अध्ययनमाथि शंका गर्दै शाकाहारी व्यक्तिले पनि आफ्नो यौन जीवन पनि राम्रो रहेको दाबी गरेका छन् । यौन सन्तुष्टी एक मनोवैज्ञानिक विषय भएकाले यसको फरक फरक अनुभूति हुनसक्ला यसमा मानिसको शारिरिक र मानसिक स्वास्थ्यको मुख्य भूमिका हुने तर्क गर्नेहरू पनि कम छैनन् ।

यो अध्ययनको विश्वासनीयतामाथि प्रश्न उठाउने ठाउँ प्रशस्त देखिन्छ । किनकी मासु बेच्ने कम्पनीले गरेको अध्ययन हो ।

#ऐजेन्सी