बैशाखको बाढीले रामेछापको टोकरपुरमा बालकको ज्यान लियो

  • प्रकाशित मिति: बुधबार, बैशाख ११ २०७६
  • तामाकोशी

रामेछाप । वैशाख ११ गते,
रामेछापको दोरम्बा गाउँपालिका–३ टोकपुरस्थित निगुरेमा आएको बाढीले एक बालकको ज्यान लिएका छ । मंगलबार स्थानीय भिमसेन खोलामा आएको बाढीले ११ बर्षिय अनिष श्रेष्ठलाई बगाउँदा उनको ज्यान गएको हो ।
मुसलधारे वर्षा भई रहेको बेला खोला तर्ने क्रममा अचानक आएको बाढीले उनलाई बगाएको थियो । उनीसँर्ग हजुरबुबा भिमशेनलाई पनि बगाएको थियो । उनी भने करिव पचास मिटर तल पुगेर निस्किएका थिए । अनिष धन्यश्वरी आधारभूत विद्यालय निगुरेमा कक्षा ५ मा अध्ययनरत छात्र भएको सो विद्यालयका शिक्षक तेज नगरकोटीले जानकारी दिए । यस वर्ष रामेछापमा बैशाख महिनालागेसँगै मुसलधारे खण्डवृष्टि भई रहेको छ ।