सोलुखुम्बु । वैशाख ११ गते,
सोलुखुम्बुको खुम्बु क्षेत्रमा लेक लागेर एक अष्ट्रेलियन नागरिकको ज्यान गएको छ । जिल्लाको खुम्बु पासाङ ल्हामु गाउँपालिका ४ मा लेक लागेर अष्ट्रेलियन नागरिक ३१ वर्षीय फिल्प मार्गसको मृत्यु भएको सोलुखुम्बु प्रहरीले जनाएको छ ।
वैशाख १ गते खुम्बु भ्रमणमा आएका अष्ट्रेलियन नागरिक मार्गसको फेरुचेमा उकालो जाँदा लेक लागेका उनको त्यसै ठाउँमा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरी टोली नाम्चेबाट ३ दिनको पैदल यात्राको दूरीमा रहेको दुर्घटनास्थलमा होलिकप्टरमार्फत पुगेको थियो ।
सोलुखुम्बुको खुम्बुमा लेक लागेर अष्ट्रेलियन नागरिकको ज्यान गयो
- प्रकाशित मिति: बुधबार, बैशाख ११ २०७६
- तामाकोशी