रामेछाप । बैशाख ७ गते,
गौरीशंकर क्लष्टर अन्तर्गतका १० वटा सकोसको १८ औँ कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला शनिबार मन्थलीमा सम्पन्न भएको छ ।
कार्यक्रम नेफ्स्कुनको प्रबिधिक सहयोगमा नबजागरण सकोस मन्थली रामेछापले आयोजना गरेको हो । नबजागरण सकोसका अध्यक्ष श्याम थापाको अध्यक्षता र प्रदेश न. ३ का संसद शान्ति प्रसात पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रमा नेफ्स्कुनका कार्यक्रम अधिकृत दिपक प्रसाद ढुंगाना , जिल्ला बचत संघ रामेछापका अध्यक्ष जगन्नाथ दाहाल लगाएत रामेछाप जिल्लाका ४ वटा सकोस र दोलखा जिल्लाको ६ वटा साकोसका संन्चालक तथा कर्मचारीको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागिलाई नबजारण साकोसकी सन्चालक सदस्य कुमारी माझिले स्वागत गरेका थिए भने जिल्ला बचत संघ रामेछापका अध्यक्ष जगन्नाथ दाहाल र प्रदेश नं. ३ का प्रदेश सांसद शान्ति प्रसाद पौडेलले बोलेका थिए ।
गौरीशंकर क्लष्टरको १८ औँ कार्यकुशलता तथा सिकाई ब्यवस्थापन कार्यशाला
- प्रकाशित मिति: शनिबार, बैशाख ७ २०७६
- तामाकोशी